दफा ३४
विभागीय सजाय
कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धी कार्य गर्दा अनुसन्धान अधिकारीले जानी जानी कसैलाई दुःख हैरानी वा झन्झट दिने नियतले कुनै काम कारबाही गरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कर्मचारीलाई अख्तियारवालाले विभागीय सजाय गर्नु पर्नेछ ।